Section 54
गोप्यता कायम राख्नु पर्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कोष र ग्राहकहरूको सम्बन्ध तथा कोषको कारोबार वा लेखाको विवरण सरोकारवाला बाहेक अरू कसैलाई दिइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै मुद्दा मामिला वा अन्य कानूनी कारवाहीको सिलसिलामा अदालत, लेखापरीक्षणको सिलसिलामा लेखापरीक्षक वा निरीक्षकको सिलसिलामा खटी आएका निरीक्षकलाई निरीक्षण गर्न दिएकोमा कोषको कारोबार वा लेखाको गोपनियता भङ्ग गरेको मानिने छैन ।
(३) कोषको कारोबार वा लेखाको निरीक्षण गर्दा अदालत, लेखापरीक्षक वा अरू कसैले पनि कोषको कारोबार वा लेखाको गोपनियता भङ्ग गर्नु हुँदैन ।